२१ बैशाख २०७४, बिहीबार

एजेन्सी । एड्स संक्रमित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । अमेरिकामा मुसामा गरिएको सफल परिक्षण पछि संक्रमित मानिसमा एचआईभीको उपचार सम्भव भएको एक अध्ययनले जनाएको छ ।
हालै सम्पन्न एक अनुसन्धानपछि अमेरिकी वैज्ञानिकहरुको टोलीले क्रिस्पर जीन-सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण पूर्णतया हटाउन सकिने निर्क्यौल निकालेको छ ।

व्याक्टेरियामा पाइने डिएनएलाई सही तरीकाले सम्पादन गर्न सकिने क्रिस्पर क्यास-९ एक विधि हो ।

यसको लागि टेम्पल विश्वविद्यालयस्थित लेविस केट्ज स्कुल अफ मेडिसिन (एलकेएस्ओएम) र पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ‘मानवीय’ नमुना (ह्युमन मोडेल)लाई समावेश गरेका थिए, सो क्रममा मुसाहरुमा ‘मावन प्रतिरोधी कोषिका ‘ (ह्युमन इम्युन सेल) को प्रत्यारोपण गरी उनीहरुमा भाइरसद्धारा संक्रमित गरिएको थियो ।

एलकेएसओएमका डा.वेनहुई हुईद्वारा सम्पन्न गरिएको उक्त अनुसन्धानका क्रममा टोली यसअघि नै विभिन्न टिस्युका जीनबाट एचआईभी नष्ट गर्न सक्षम भइसकेका छन् ।

त्यसको लगत्तै उनीहरुले सबै टिस्युबाट एचआइभीको भाइरस हटाउन सफल भएका थिए । एचआइभीको उपचारको क्षेत्रमा वैज्ञानिकहरुले पाएको यो ठूलो सफलता हो । उनीहरु अब यो प्रविधिलाई मानव जातीमा परिक्षण गर्नेमा आशावादी छन् ।

‘अहिलेसम्म गरिएका अध्ययनमध्ये विस्तृतमा गरिएको उक्त अध्ययनमा हामीले जीन-सम्पादन रणनितिलाई अझै सुधार गरेका छौ । त्यसै क्रममा हामीले यो रणनिति मुसाको अन्य दुई समुहमा पनि प्रभावकारी भएको पाएका थियौ ‘ डा. हुईले भने ।

अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुले तीनवटा मुसाको समूहमा परिक्षण गरेको थियो । पहिलो चरणमा समूहले मुसालाई एचआईभी-१ द्वारा संक्रमित गराएको थियो ।

दोश्रो चरणमा उनीहरुले कडा किसिमको एचआईभीद्धारा संक्रमित गराएका थिए । तेश्रो चरणमा उनीहरुले मुसाहरुलाई प्रयोग गरेका थिए ।

LIVE TV