
काठमाडौं । संवैधानिक परिषदको बुधबार बसेको बैठकले महालेखा परीक्षकमा टंकमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको हो ।
उमेर हदका कारण भानुप्रसाद आचार्य अवकाश पाएपछि लामो समयदेखि रिक्त रहेको महालेखा परीक्षकको पदमा मन्त्रिपरिषदका सचिव शर्मालाई नियुक्तिका लागि सिफारिस गरिएको सभामुख ओनसरी घर्ती मगरले जानकारी दिए ।
अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव हासिल गरेका शर्मा सचिवबाट अवकाश हुनुअघि महालेखा परीक्षक सिफारिस भएका छन् । संसदीय सुनुवाईपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्राबधान रहेको छ ।