२० बैशाख २०७४, बुधबार

म्याग्दी । स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तासंगै आजदेखि चुनावी चहलपहलले तीब्रता पाएको छ । आन्तरिक छलफल र तालमेलमा ब्यस्त रहेका राजनीतिक दलहरु आवश्यक रणनीति बनाउन ब्यस्त छन् ।

म्याग्दीका वडा, गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता गरेपछि आन्तरिक रणनीति, चुनावी रणनीतिसहित दलहरु निर्वाचन प्रचार प्रसारमा व्यस्त देखिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपालको सर्मथनमा नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारले वडादेखि गाउँपालिका प्रमुखसम्म उम्मेदवारी दर्ता गरेलगत्तै उत्साहजनक उपस्थितिमा चुनावी सरगर्मी बढेको छ । जिल्लामा कांग्रेस र माओवादी र एमाले–राप्रपा विचको तालमेलले समेत चुनावी अभियान थप पेचिलो हुने निश्चित छ ।

बेनी नगरपालिकादेखि गाउँपालिकासम्म चुनावी तयारीमा जुटेका राजनीतिक दलले आफ्नो पक्षमा पार्न आवश्यक सबै शक्ति प्रयोग गर्ने निश्चित छ । जिल्लाको पाँचवटा गाउँपालिमा समेत दल र स्वतन्त्रबाट मनोनयन दर्ता भएको छ । जिल्लाभर चुलोदेखि टोलसम्म चुनावी चर्चा चुलिएको छ ।

 

LIVE TV