२० बैशाख २०७४, बुधबार

पर्वत । स्थानीय तह निर्वाचनको लागि पर्वतमा प्रमुख देखि सदस्यसम्म १ हजार ९६ उम्मेद्वार मैदानमा उत्रिएका छन् । दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका हुन ।

७ वटा स्थानीय तह रहेको पर्बतमा मेयर र उपमेयर पदमा १४ जना प्रतिनिधि छानिने भएपनि मेयर र उपमेयर पदमा ८४ जनाको उम्मेदबारी दर्ता भएको छ । स्थानीय तहको निर्बाचनको लागि पर्बतबाट प्रमुख तथा मेयर पदमा ५३ जनाको उम्मेदबारी दर्ता भएको छ भने स्बतन्त्रबाट मेयर पदको लागि ३ जनाले उम्मेदबारी दर्ता गराएका छन ।

त्यस्तै उपप्रमुख पदमा ३१ जनाको उम्मेदबारी परेको छ । त्यस्तै ६१ वडाहरुबाट १ सय २२ सदस्यका लागि २ सय ३६ जनाको उम्मेदबारी दर्ता
भएको छ ।
६१ महिला प्रतिनिधिको लागि महिलाबाट १ सय ८८ जनाको उम्मेदबारी दर्ता भएको छ भने ६१ जनानै खुल्ला प्रतिनिधि रहनेमा खुल्ला सदस्यबाट ४ सय १३ जनाको उम्मेदबारी परेको छ । २ नगरपालिकाबाट ३ जनाको दरले ६ जना र ५ गाँउपालिकाबाट २ जनाका दरले १० जनागरि जम्मा १६ जना दलित तथा अल्पसंख्यक सदस्यहरु छानिनेमा दलित तथा अल्पसंख्यक सदस्यहरुबाट १ सय ७५ को उम्मेदबारी परेको जिल्ला निर्बाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।

कुश्मा नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरि  सबैभन्दा बढी २ सय ६२ जनाले उम्मेदबारी दर्ता गराएका छन् भने महाशिला गाउँपालिकामा सबै भन्दा कम ९५ जनाको उम्मेदबारी परेको छ । पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएपनि कुल ३ सय ३५ जना प्रतिनिधि छनौट हुनेछन् । पर्बतमा ९९ हजार ६ सय ७० जनाले मतदान गर्ने छन । दुई नगरपालिकाबाट ४४ हजार ४ सय ६९ जनाले मतदान गर्ने भएका छन भने ५ गाउँपालिकाबाट ५५ हजार १ सय ३६ जनाले मतदान गर्न पाउनेछन् ।

 

LIVE TV