२० बैशाख २०७४, बुधबार
  • सन्तोष काफ्ले,

सुनसरी । उता महिला सञ्जाल धरानले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग महिलामाथि भएको हिंसाको संज्ञा दिदै कार्कीमाथि लगाइएको महाअभियोग अविलम्ब हटाउन माग गर्दै हस्ताक्षर अभियान शुरु गरेको छ ।

धराने महिलाहरुले इतिहासमै पहिलो पटक प्रधानन्यायाधीश कार्कीमाथि अभियोग लगाएर दलहरु चुकेकोमात्र नभई भ्रष्टाचार, अनियमितताको पक्षपोषणमा लिप्त भएको र महिलामाथि दुव्र्यवहार गरेको निष्कर्ष समेत निकालेका छन् ।

उनीहरु अहिले महाभियोग फिर्ताको माग सहित हस्ताक्षर अभियानमा जुटेका हुन् । धरानको मुटु भानुचोकमा ‘स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्दै ल्याएको महाभियोग विरुद्ध नागरिक ऐक्यवद्ध नागरिक ऐक्यवद्धता’ लेखिएको व्यानर राखी आयोजना गरिएको हस्क्षतार संकलन अभियानमा बाटोमा हिड्ने जोकोहीले महिला सञ्जालको अभियानलाई साथ दिएका थिए ।

सो अवसरमा महिला सञ्जालकी अध्यक्ष शिला बज्राचार्यले प्रधानन्यायाधीश कार्कीको महाभियोग महिला हिंसाको एउटा पाटो भएको आरोप लगाए ।

त्यस्तै सञ्जालकी उपाध्यक्ष सविता राईले यो घट्नाले दलहरुको सोचमा अझै परिवर्तन नआएको स्पष्ट भएको बताउदै प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाभियोग फिर्ता लिन सरकारलाई चेतावनी समेत दिए ।

LIVE TV