२० बैशाख २०७४, बुधबार
  • तारा आचार्य,

मोरङ । विश्व प्रेस स्वतन्त्रता दिवस विश्वमा विभिन्न कार्यक्रम गरी मनाई रहेको बेला मोरङका संचारकर्मीहरुले भने आँखा र कान जाँच गराएर स्वतन्त्रता दिवस मनाएका छन् । सधै जसो कार्य क्षेत्रमा व्यस्त रहने संचारकर्मीहरुले प्रेस स्वतन्त्रता दिवसका दिन निशुल्क आँखा र कान जाँचेर प्रेस स्वतन्त्रता दिवस मनाएका हुन् ।

विराटनगर आँखा अस्पतालको सहयोग र नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको सो निशुल्क जाँच शिविरमा मोरङका करिब ८० जना पत्रकार तथा पत्रकारका परिवारहरुको आँखा र कान परीक्षण गरिएको थियो ।

विराटनगरमा अत्यधिक धुलो र धुवाका कारण सर्वसाधारणहरु समेत पीडित बनेका बेला चौबिसै घण्टा कार्य क्षेत्रमा खटिनुपर्ने संचारकमीहरु पनि पीडित भएका हुनाले प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर संचारकर्मीहरुलाई निशुःक जाँच गराएको हो ।

विगत केही महिना देखि विराटनगर उपमहानगरपालिकामा भईरहेको विकास निर्माणका कारण पत्रकारहरुको आँखा र कानमा समस्या आएकाले निशुल्क जाँच शिविर राखिएको पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए ।

 

LIVE TV