२० बैशाख २०७४, बुधबार

 

नगरकोट । भक्तपुरको विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताले आफ्नो विजयसँगै नगरमा विकास निर्माणलाई पहिलो सूचीमा राख्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँहरुले यस्तो धारणा राख्नुभएको हो । कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले भक्तपुर नेपालकै सफल कृषि उत्पादनको जिल्लाका रुपमा रहेको र कृषिलाई आधुनिकीकरण गर्दै स्वरोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिकामा काँग्रेसका प्रमुखका उम्मेदवार राजाराम खड्काले आफ्नो जितसँगै चाँगुनारायण क्षेत्रको समग्र समृद्धिका साथै त्यहाँको पर्यटन विकास र खानेपानी तथा सडक विस्तारमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार भएका रामप्रसादका सुलाले भक्तपुरको समग्र विकासका साथै शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्ने बताउनुभयो । रासस

LIVE TV