२० बैशाख २०७४, बुधबार

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मङ्गलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ ।

बसपार्कभित्र पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतीय नागरिक बङ्गाली बुबाआमासित यहाँको पुरानो बसपार्क क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ । बस प्रहरीले नियन्त्रणमा लिएको छ भने बालिकाको शवको घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LIVE TV