२० बैशाख २०७४, बुधबार

आज मे ३, अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदैंछ । प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितका लागि भन्दै नेपाल पत्रकार महासंघसहित बिभिन्न संघसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज विहान बृहत प्रभातफेरीको आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको हो ।

राजनीतिक गतिविधिसम्बन्धि आन्दोलनमा कमी आएसँगै यस वर्ष ९ मे २०१६ देखि अप्रिल २०१७ सम्म एक वर्षको अवधिमा प्रेस स्वतन्त्रताको अवस्थामा तुलनात्मक सुधार देखिएको छ ।

फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको प्रतिवेदनमा मुलुकभर गरेको अनुगमनका क्रममा यस अवधिमा २९ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । जसका कारण ८० जना सञ्चारकर्मी प्रभावित भएका छन् ।

नेपालमा भएको लामो राजनीतिक परिवर्तन र गणतन्त्रको स्थापनापछि संविधानको कार्यान्वयवन र निर्वाचनमा मुलुक होमिएका वेला सम्पूर्ण प्रेस जगतको भूमिका झनै बढेर गएको छ ।

LIVE TV