१९ बैशाख २०७४, मंगलवार

 

लागोस (नाइजेरिया) । नाइजेरियाका नागरिक समाजका नेताहरूले राष्ट्रपति मुहम्मद बुहारीलाई लामो उपचार बिदामा बस्न मङ्गलबार आग्रह गरेका छन् ।

चौहत्तर वर्षीय राष्ट्रपति बुहारीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँले सन् २०१७ मा करिब दुई महिना लन्डन उपचारका लागि बसिसक्नुभएको छ ।

उहाँको रोगबारे केही नबताइए पनि केही समयदेखिा अस्वस्थताका कारण मन्त्रिपरिषद्को बैठकमा समेत उपस्थित रहनुभएको छैन । स्रोतका अनुसार मन्त्रिपरिषद्का पछिल्ला तीन बैठकमध्ये उहाँ एउटा बैठकमा मात्र उपस्थित रहनुभएको छ ।

शुक्रबार प्रार्थनापछि बिरामी पर्नुभएका बुहारी शनिबार आफ्नै नातीको विवाहमा समेत सरिक हुनुभएको थिएन ।

राष्ट्रपति बुहारीले आफ्नो स्वास्थ्य समस्याबारे आफैँ बताउनु हुँदै ‘ब्लड ट्रान्सफुजन’ लगायतका अन्य परीक्षण गरेको तर आफू जतिल अवस्थामा नरहेको बताउनुभयो ।

बुहारीका सहयोगी गार्वा सेहुले राष्ट्रपतिले लामो उपचारपछि स्वास्थ्यमा सुधार आएको र अहिले आरामको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी समस्याका कारण मुलुकमा निर्णयात्मक क्रियाकलापमा असर परेको भन्दै विभिन्न तप्काबाट उहाँले लामो बिदा लिएर उपचार गर्नु सल्लाह आएको हो । रासस÷एएफपी

LIVE TV