१९ बैशाख २०७४, मंगलवार

अङ्कारा (टर्की) । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले मङ्गलबार टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःसम्मिलित हुनुभएको छ ।

एकेपीका सहसंस्थापकसमेत रहेका एर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा एक भव्य समारोहका बीच सदस्यता पत्रमा हस्ताक्षर गरी आफूले पुरानै पार्टीमा समाहित भएको बताउनुभएको थियो ।

एर्डोगानको पुनःरागमनले पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बन्दै उहाँलाई तालीसँगै राष्ट्रिय गान गाएर स्वागत गरिएको थियो ।

समारोहमा आफ्नी धर्मपत्नी एमिनसहित पुग्नभएका एर्डोगान समारोहमा एकेपीका अध्यक्ष तथा प्रधानमन्त्री बिनाली यल्दिरिमसँगै बस्नुभएको थियो ।

टर्कीमा राष्ट्रपतिलाई शक्तिशाली बनाउने वा आलङ्कारिक हैसियतमा राख्ने भन्ने जनमतसङ्ग्रहमा कार्यकारी राष्ट्रपतिको पक्षमा मतदान नतिजा आएसँगै उहाँले पार्टी प्रमुखका साथै शक्तिशाली राष्ट्रपतिका रूपमा काम गर्नु हुनेछ ।

यल्दिरामा प्रधानमन्त्रीका साथै पार्टीमा दोस्रो हैसियतमा रहन तयार हुनुभएको छ ।

एर्डोगानले सदस्यता पत्रमा हस्ताक्षर गरेपछि सङ्क्षिप्त प्रतिक्रिया जनाउँदै इल्दिरिमले उहाँ पुनः घरमा आउनुभएको बताउँदै स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले राष्ट्रपतिको आगमनसँगै हाम्रो सम्मान भएको मैले महसुस गरेको छु । रासस÷एएफपी

LIVE TV