१९ बैशाख २०७४, मंगलवार

 

इराक, । पश्चिमी इराकको अनबार प्रदेशमा इस्लामिक स्टेट (आइएस)सँग आवद्ध जिहादि लडाकुहरुको आक्रमणमा परी मङ्गलबार कम्तीमा १० जना सैनिकहरुको मृत्यु भएको छ ।

आइएस समूहले सागर क्षेत्रमा रहेको सैनिक शिविरमा मोर्टर र रकेटको सहयोगमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ ।

स्थानीय समयअनुसार विहान ०७ बजेदेखि सुरु भएको सेना र विद्रोहीबीचको भिडन्त दुई घन्टासम्म चलेको थियो ।

अन्बार लामो समयसम्म इराकी विद्रोहीको कब्जामा रहेको क्षेत्र हो । पछिल्लो समय सरकारले अन्बारको धेरैजसो सहरी भागलाई नियन्त्रणमा लिएको छ । रासस÷एएफपी

LIVE TV