१९ बैशाख २०७४, मंगलवार
  • कबिन्द्र शर्मा,

पाँचथर । धमाधम जलबिद्युत गृह निर्माण हुने क्रमसंगै पाँचथर जिल्लामा निर्माणाधीन रहेका जलबिद्युतहरुमा ६ हजार बढि सर्बसाधरणले रोजगारी पाएका छन् । जिल्लामा निर्माणाधीन रहेको चार जलबिद्युतमा उनीहरुले रोजगारीबाट राम्रो आम्दानी लिदै आएका छन् ।

रोजगारीका लागि खर्च गरी बिदेश पलायन हुनुपर्ने सर्वसाधरणको बाध्यता समेत टरेको उनिहरुको भनाइ छ । एउटा जलबिद्युतमा २ बर्षदेखि ३ बर्षसम्म काम पाउने गरेका छन् । ६ हजार बढि सर्बसाधरणले दैनिक श्रम गरेबापत ६ सयदेखि २५ सय रुपैयासम्म पाउदै आएका छन् ।
पाँचथरमा ३७ मेगावाटको काबेली ए, २५ मेगावाटको काबेली बि वान, २१ मेगावाटको तल्लो हेवाखोला जलबिद्युत र १० मेगावाटको इवा जलबिद्युत निर्माणधीन छन् । जलबिद्युत निर्माणले स्थानीय श्रम सृजना हुनका साथै उनीहरुको सिप बिकास समेत हुने गरेको छ । दैनिक गुजारा चलाउन धौधौ पर्ने उनीहरु खोला तथा नदीका बगरहरुमा काम गर्न ब्यस्त देखिन्छन् ।

 

LIVE TV