१९ बैशाख २०७४, मंगलवार
  • सन्दिप परियार,

काठमाडौं । विभिन्न अड्कल अनुमान विच मंगलबार पहिलोचरणको निर्वाचनको उत्साह सुरु भएको छ । संविधान संशोधन प्रस्ताव पारित नभइसकेको अवस्थामा मधेस केन्द्रित दलहरुले विरोध गर्ने आंकलन गरिएपनि उनिहरुले समेत राजनीतिक परिपक्वता देखाएपछि निर्वाचनमा लगभग सबै दलको सहभागिता पक्का भएको छ । जसले गर्दा नेपाली जनतामा उत्साह र उमंग छाएको छ ।

पहिलो चरणको स्थानीय निर्वाचनका लागि मंगलबार ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि मनोनयन दर्ता भएको छ । पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ ।

शाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ । जसबाट राजधनीबासी निकै खुसी देखिएका छन् ।

सरकारले निर्वाचन नगराउलाकी भन्ने अनुमान विच निर्वाचन आयोगले अब कुनैपनि हालतमा निर्वाचन नरोकिने हुंदा सबैलाई उत्साहपुर्वक मतदानमा भाग लिन आग्रह समेत गरेको छ । त्यसोत राजनीतिक रुपमा चुनावको मिति नजिकिएसंगै केहि महत्वपूर्ण घटनाहरु सतहमा आएपनि मंगलबारबाट भने देश औपचारिक रुपमा चुनवामा होमिएको छ ।

मंगलबार मनोनयनले पूर्णता पाएसंगै वैशाख ३१ को चुनाव हुने सुनिश्चितता बढेको छ । यो चुनाव संगै संविधान कार्यन्वयनको नयाँ अध्यायको सुरुवात भएको छ । मुलुक नयाँ संरचनामा स्थापित हुने चरणमा रहेका बेला स्थानीय तहमा कस्ता नेताहरु ल्याउनुपर्छ, निर्वाचित हुनुपर्छ भन्ने विषयमा मतदाताको ध्यान तानिन थालेको छ ।

मतदाता, सर्वसाधारणको बढ्दो चासोलाई राजनीतिक दलहरुले सकारात्मक रुपमा स्थापित गर्दै आवधिक निर्वाचनलाई सुनिश्चित गराउनेतर्फ पनि ध्यान दिनु जरुरी छ । आवधिक निर्वाचनको सुनिश्चितता गर्न सकियो भने राजनीतिक दललाई चुनौती र अवसर दुबै हुनेछ ।

 

LIVE TV