
- राजु पौडेल,
झापा । झापाको काँकरभिट्टाबाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पूर्वी नाका काँकरभिट्टाबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सोमबार राति भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ का ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित पक्राउ परेका हुन् । उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले भारतको एक अस्पतलबाट मानव खप्पर नेपालमा विक्रि गर्नको लागि ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । मानव खप्परसहित पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।