१९ बैशाख २०७४, मंगलवार

 

ललितपुर । यही ३१ गते हुने निर्वाचनका लागि ललितपुर महानगरपालिकाका प्रमुख चार दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

महानगरमा नेपाली काँग्रेसले चिरीबाबु महर्जन, नेकपा (एमाले)ले हरिकृष्ण व्यञ्जनकार र राप्रपाले अष्टबहादुर महर्जनलाई मेयरको उम्मेदवार बनाएका छन् ।

त्यसैगरी उपमेयरमा काँग्रेसले गीता सत्याल, एमालेले सुकुमाया लामा र राप्रपाले बाबुकाजी प्रधान र सजिना कार्कीको नाम निर्वाचन आयोगमा दर्ता गराएको जिल्लाका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले यसअघि नै निर्वाचन आयोगमा आफ्ना उम्मेदवारको नाम दर्ता गराइसकेको थियो । ललितपुरमा दुई लाख १३ हजार ६३ हजार मतदाता छन् भने महानगरमा एक लाख १२ हजार ९२५ मतदाता छन् ।

जिल्लामा निर्वाचन आयोगले २३५ मतदान केन्द्र र १३१ मतदान स्थल तोकेको छ । रासस

LIVE TV