१९ बैशाख २०७४, मंगलवार
  • सरद राई,

काठमाडौं । सन्तोष सेनको फिल्म ‘प्रेमगीत २’को शिर्ष गीतको कभर प्रतियोगीत आयोजना गरिएको छ । साउन १३ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको सो फिल्मको केही साता अघि सामाजिक सञ्जाल युट्युभमा सार्वजनिक गरिएको ‘कहानी यो प्रेमगीतको’ बोलको गीतको कभर प्रतियोगीता आयोजना गरिएको हो । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको निर्माण कम्पनी आसुसेन फिल्मस्ले ‘कहानी यो प्रेमगीतको’ बोलको गीतको कभर प्रतियोगीता आयोजनाको घोषणा गरेको हो ।


अमृत महरठ्ठाको शब्द तथा कल्याण सिंहको संगीत र रोहित जोन क्षेत्री र श्रेया सोताङको स्वरमा रहेको ‘कहानी यो प्रेमगीतको’ बोलको गीतको कभर विश्वका जुनसुकै ठाउँबाट पनि गाएर पठाउन सकिनेछ । निर्माण कम्पनीका अनुसार कभर गीतका प्रतियोगीहरुले पठाएका भिडियोहरुलाई असार ३० गतेबाट सामाजिक सञ्जाल युट्युभमा अपलोड गरिनेछ ।

‘कहानी यो प्रेमगीतको’ कभर विजेता (एक मेल सिंगर र एक फिमेल सिंगर)को घोषणा भदौ १ गते गरिनेछ । विजेताहरुले जनही रु १(१ लाख नगद पाउने भएका छन् भने आसुसेन फिल्मस्को आगामी फिल्महरुमा गीत गाउने अवसर पनि पाउने भएका छन् ।
प्रतियोगीहरुले वैशाख १८ गतेबाट असार २० गतेसम्ममा गीत पठाइ सक्नुपर्नेछ ।

प्रतियोगीहरुले गीत गाउँदा जुनसुकै म्यूजिकल इन्स्ट्रुमेन्ट, भिडियो रेकडिङ डिभाइस वा हाइलाइट्सको युटुब च्यानलमा उपलब्ध म्यूजिक ट्र्याकलाई डाउनलोड गरेर प्रयोग गर्न सक्ने भएकाछन् । हाइलाइट्स नेपालको च्यानलमा अपलोड गरिएका गीतहरुको भ्यूअर्सका आधारमा १० जना र वाइल्ड कार्ड इन्ट्रीका माध्यमबाट ५ जनालाई अन्तिम चरणमा लगिनेछ भने सोही पाँच जनाबाट मुल्यांकनकर्ताहरुको निर्णय अनुसार एक जना पुरुष र एक जना महीलालाई विजेता घोषणा गरिनेछ ।

साउन १३ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको सन्तोष सेनको ‘प्रेमगीत २’लाई राम शरण पाठकले निर्देशन गरेका हुन् । फिल्ममा नायक प्रदीप खड्का र आश्लेषा ठकुरीले मुख्य भुमिकामा अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित निर्माता सेनले नयाँ प्रतिभालाई प्रोत्साहन दिनका लागी कभर गीत प्रतियोगीता आयोजना गरेको बताएका छन् ।

LIVE TV