१८ बैशाख २०७४, सोमबार


कास्की । दाजुलाई विदेश पठाउन ठिक्क पारेको एक लाख रुपैयाँसहित एक बालक बेपत्ता भएका छन् ।

तनहुँको राइपुर घर भई आल बेलचौतारमा बस्दै आएका ११ बष्र्नीय विशाल दर्नाल पैसा लिएर हराएका हुन् ।

बाबु प्रेमबहादुरका अनुसार माइला छोराई कतार पठाउन बैंकबाट लिइएको ऋण घरमा ल्याएर राखिएको थियो ।

गत चैत २७ गते सोही रकम लिएर विशाल बेपत्ता भएका हुन् । आजको कान्तिपुरमा खबर छ ।

LIVE TV