
काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा सर्वोत्तम डंगोललाई उम्मेदवार बनाएको छ । ६१ वर्षीय डंगोल पुराना कम्युनिष्ट नेता हुन् ।
उनी हाल माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा काठमाडौं महानगरपालिकाको इञ्चार्ज हुन् ।
यस्तै उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाइएको छ । पौडेल माओवादी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।