१७ बैशाख २०७४, आईतवार

काठमाण्डौ । टर्की सरकारले झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त गरेको छ ।

गएको वर्षको जुलाईमा भएको असफल सैन्य कुको प्रयासपछि पछिल्लो पटक झण्डै चार हजार सरकारी कर्मचारीलाई टर्कीले बर्खास्त गरेको हो । गएको जुलाईमा भएको असफल सैन्य कुको प्रयासमा साथ दिएको आरोपमा टर्की सरकारले कर्मचारीलाई बर्खास्त गरेको हो ।

बर्खास्तमा पर्नेमा न्याय मन्त्रालय अन्तर्गत कार्यरत एक हजार तथा एक हजार सैनिक अधिकारी रहेका छन् । यस्तै लडाकु विमानका एक सय भन्दा धेरै पाइलट पनि बर्खास्त भएका छन् ।

टर्की सरकारले टिभी डेटिङ शोमाथि पनि प्रतिबन्ध लगाएको छ । यसैगरी अनलाई इनसाइक्लोपेडिया विकिपेडीयामाथि पनि टर्कीमा प्रतिबन्ध लागेको छ ।

LIVE TV