
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले दर्ता गराएको संशोधन विधेयक असफल बनाउन सम्पूर्ण प्रयत्न गर्ने निर्णय गरेको छ ।
एमाले स्थायी कमिटीको बैठकले स्थानीय तहको निर्वाचन हुन नदिने खेल भइरहेको जनाउँदै संशोधन विधेयकलाई संसदीय प्रक्रियाबाट विफल पार्ने निर्णय गरेको हो ।
निर्वाचन घोषणापत्र, निर्वाचनका लागि उम्मेद्वार र समसामयिक विषयवस्तुमा छलफल गर्न बसको बैठकले सरकारका पछिल्ला गतिविधि, संशोधन विधेयकका नाममा संसदमा गर्न खोजिएको ध्रविकरण निर्वाचन हुन नदिने खेलका रुपमा रहेको जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचनका लागि १५ दिन बाँकी रहेको उल्लेख गर्दै संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
त्यसैगरि बैठकले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि तीन जनाको नाम पेश गरेको छ भने सबै प्रदेशका उम्मेद्वारको टुंगो लगाएको छ ।