१७ बैशाख २०७४, आईतवार

एजेन्सी । इस्पान्योलविरुद्ध लुइस सुआरेजले २ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनका तीन खतरनाक स्ट्राइकर ‘एमएसएन’ को नाममा नयाँ कीर्तिमान बनेको छ। सुआरेजले आज बिहान सम्पन्न खेलमा २ गोल गर्दै आफ्नो टोलीलाई ३–० को विजय दिलाए।

उनले ५० मिनेटमा गरेको पहिलो गोल बार्सिलोनाका तीन हस्ती लिओनल मेसी, लुइस सुआरेज र नेइमारले ला लिगामा क्लबका लागि गरेको ३ सय ५० गोल हो। सन् २०१४ को अन्त्यतिर सुआरेज इङ्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएपछि मेसी, सुआरेज र नेइमारको नाममा ‘एमएसएन’ को खतरनाक जोडी निमार्ण भएको हो।

यी तीन जनाको सहभागितामा मेसीले सर्वाधिक १ सय ४८ गोल गरेका छन्। यसपछि सुआरेजले १ सय १८ र नेइमारले ८५ गोल गरेका छन्। यी तीनको साझेदारीमा हाल ३ सय ५१ गोल भएको छ । सेतोपाटी बाट

LIVE TV