
काठमाण्डौ । सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा छलफल भएको छ । ओलीलाई भेट्न देउवा ओली निवास भक्तपुरको बालकोट पुगेका थिए।
काँग्रेस सभापति देउवाले सहमतिका लागि एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । भेटमा एमाले अध्यक्ष ओलीले संविधान संशोधनका केहि बुँदा राष्ट्रघाती भएको भन्दै संशोधन प्रस्तावलाई नियालेर अघि बढ्न देउवालाई आग्रह गरेका थिए ।
अध्यक्ष ओलीले निर्वाचन मुलुकका लागि अपरिहार्य भएको भन्दै संशोधनको विषय भन्दा निर्वाचन ठूलो भएको प्रष्ट्याउनु भएको थियो । यसअघि प्रधानमन्त्री दाहाल र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गर्नुभएको थियो । तर, एमाले लगायत प्रतिपक्ष ९ दलले संविधान संशोधन संसदीय प्रक्रियाबाट विफल पार्ने निर्णय गरेको थियो ।