१६ बैशाख २०७४, शनिबार

भ्रम : फोटोमा तपाईले कुकुरको ढाडमा काटेको जस्तो देख्नु हुनेछ ।

वास्तविकता : कुकुर र काठको ठुटो काटिएको नभई काटेर राखिएको ठुटोको अगाडि अघिल्तिर फर्किएर बसेको उस्तै रङको कुकुर रहेको छ ।

भ्रम : फोटोमा तपाईँले एकजना बिदेशी नागरिकको पछाडि समान ठाउँमा उिभएका अन्य दुइजना व्यक्ति होचा देखिन्छन् ।

वास्तविकता : भारतको नयाँ दिल्लीस्थित लोटस मन्दिर परिसरमा खिचिएको यो फोटोले एकछिन् अलमलमा पार्नेछ । समान हाइटमा देखिएका यी तीन पुरुषको उचाई अनौठो देखिएको छ । तर यो फोटोमा अगाडि उभिएका पुरुष उचाईमा छन् र अन्य दुईजना मन्दिरको अर्को भागमा छन् । उनीहरुको छायाँ एकनासको छ तर अगाडि रहेका पुरुषको छायाँ आधा मात्र छ । अगाडि रहेका पुरुषले माथिल्लो खुड्किलोको छेउमा उभिएर तस्बिर लिएको हुनाले यसो भएको हो ।

भ्रम : फोटोमा तपाईँले तीनवटा हात देख्नुहुन्छ जसमा दुइवटा कम्मरमा छन् र एउटा अगाडी मदिराको ग्लास समातिरहेको छ ।

वास्तविकता : दुईवटा हात कम्मरमा ठिक छन् तर तेश्रो हात भने आफ्नो नभई आफूभन्दा पछाडी रहेका पुरुषको हो जसले हातमा मधदिरा समातेका छन् ।

भ्रम : फोटोमा तपाईले कुकुरको जस्तो मुख भएकी एउटी महिला देख्नु हुनेछ ।

वास्तविकता: महिलाको अगाडि एउटा कुकुर आकासपट्टि फर्किएर बसेको छ । फोटोग्राफरले फोटो लिँदा ठ्याक्कै कुकुरको मुखले महिलाको मुख छेल्छ र महिलाकै मुख कुकुरको जस्तो देखिन्छ ।

भ्रम : फोटोमा तपाईँले दुई महिलामध्ये जिन्सको टिशर्ट लगाएकी महिलाको रौँ ले भरिएको असाधारण पाखुरा देख्नुहुन्छ ।

वास्तविकता : दुई महिलामध्ये जिन्सको टिशर्ट लगाएकी महिलाको रौँ ले भरिएको असाधारण पाखुरा नभई उनीहरुसंगै अगाडि रहेका तर फोटोमा न अटाएका र जिन्सको हाफपेन्ट लगाएका पुरुषको खुट्टा हो ।

LIVE TV