१६ बैशाख २०७४, शनिबार

एजेन्सी । कहिले मोटाउने त कहिले दुब्लाउने मानिसको जीवनमा भईरहन्छ । विवाह पछि अधिकांस मानिस मोटाउने गर्छन् । यसबारे व्यक्तिपिच्छे फरक-फरक धारणा पाइन्छ । कतिले सन्तुष्टीको कारण बताउँछन् भने कतिपयले खानपानको कारण विवाहअघि भन्दा विवाहपछि व्यक्ति मोटाउछन् भन्ने धारणा राख्दछन् ।

हुन पनि खानपानले व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । विवाह पछि ‘फास्ट फुड’ धेरै खानाले मोटोपनाको शिकार भइने बताउँछ। ‘फास्ट फुड’ले मात्र नभइ अन्य खानाले पनि मोटोपना बढ्ने सम्भावना रहन्छ ।

विवाह पश्चात किन मोटाउँछन् त रु थाहा पाईराख्नुहोस् :
. दूध – १ कप दुधमा २८५ क्यालोरी पाइन्छ । यसमा पाइने चिल्लो पदार्थको कारण तौल बढ्ने हुन्छ ।

. कफि – विहान, साझ, फुर्सदमा होस या जतिबेला पनि कफि खाने बानी आम मान्छेमा प्रचलित छ । तर १ कप कफिमा २०० क्यालोरी हुन्छ । यसमा चिनी राख्नाले क्यालोरिको मात्रा झनै बढ्ने हुन्छ । त्यसैले कफि पिउंदा चाडो तौल बढ्छ ।

. फलफुलको जुस – यसमा गुलियो पदार्थ धेरै हुन्छ र शरिरले बढी कार्बोहाइड्रेड खपत गर्न सक्दैन। जसको फलस्वरुप शरिरमा बोसो खपत हुँन पाउँदैन अनि पेट लाग्ने गर्छ।

. सेतो पाउरोटी – चिया संग होस् या खाजाको रुपमा सबैभन्दा सजिलो मानिने चिया पाउरोटीमा ग्लाइसेमिक इंडेक्सको मात्रा धेरै हुन्छ । जसले शरिरमा रगतको मात्रा उच्च गराई अनावश्यक तौल बढाउँछ।

. बटर र घ्यू – यसमा पनि अधिक मात्रामा क्यालोरी पाइन्छ । दैनिक बटर खानाले तौल बढ्दै जान्छ ।

. कोल्ड ड्रिंस् – यसमा कृत्रिम गुलियो पदार्थ मिसाइएको हुन्छ । जसका कारण छिटो-छिटो भोक लाग्ने हुन्छ र पेटमा तथा पाखुराहरुमा अनावश्यक वोसो जम्मा हुन्छ ।

. चिज – चिजमा अत्याधिक मात्रामा चिल्लो पदार्थ पाइन्छ । चिजबाट बनेका परिकार खानाले तीव्र मोटोपनाको शिकार भइन्छ ।

. ह्वाइट चकलेट – यसमा चिनीको मात्रा धरै हुने भएकोले माटोपना बढाउनमा सहयोग गर्दछ ।

LIVE TV