१६ बैशाख २०७४, शनिबार

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज स्थानीय तह निर्वाचनका लागि महानगर सहित उपमहानगर र नगरपालिकाका उमेद्वारको टुंगो लगाउने भएको छ ।

पार्टीको चुनावी घोषणा पत्रलाई हिजो अन्तिम रुप दिएको एमालेले आज उम्मेदवारको टुंगो लगाउने तयारी गरेको हो । त्यसका लागि पार्टी मुख्यालय धुम्बाराहीमा अपरान्ह १ बजे स्थायी समिति बैठक बस्दैछ । हिजोको बैठकमा उम्मेदवार छनौटको बिषय प्रवेश भएको थियो ।

जिल्ला र प्रदेशबाट आएका नामलाई आधार मान्दै एमालेले स्थानीय तह निवार्चनका लागि उम्मेदवारको छनौट गर्ने जनाएको छ । आज उम्मेदवारको टुंगो लगाई पार्टीको घोषणा पत्र र उम्मेदवार भोलि सार्वजनिक गर्ने एमालेको तयारी छ ।

एमालेले स्थानीय तहमा बहुमत सिट जित्ने र संविधानअनुसार समाजवादको अवस्थामा पुग्ने लक्ष्यसहितको निर्वाचनका लागि घोषणापत्र तयार गरेको हो । सामाजिक सुरक्षा, पूर्वाधार निर्माण, ऊर्जा विकासलगायत विषय घोषणापत्रमा मुख्य रूपमा समेटिएको छ ।

LIVE TV