१६ बैशाख २०७४, शनिबार


बैशाख शुक्ल तृतीयाका दिन आज , सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाईदैछ । अक्षय तृतीयाका दिन दान, होम, जप, गरि सातु र सर्वत खाने प्रचलन छ ।

आजका दिन गरिएको दान, होमको फल अक्षय अर्थात कहिले नष्ट नहुने भएकाले बैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको धार्मिक मान्यता छ ।

जौको सातुमा गुँड, चिनी , घिउ, दही मिसाएर सख्खर हाली सर्वत बनाएर दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाईने विश्वास छ ।

मत्स्यपुराण लगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताईएको छ । यसैदिन त्रेता युगको सुरुवात भएकाले युगादी तिथिका रुपमा समेत मानिन्छ ।

अक्षय तृतीयामा भगवान विष्णुको सातौं अवतारका रुपमा परशुरामको जन्म भएकाले आजका दिनलाई परशुराम जयन्ती पनि भनिन्छ । बैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाईदा गर्ने भएकाले पनि यस पर्वको वैज्ञानिक महत्व समेत छ ।

LIVE TV