१६ बैशाख २०७४, शनिबार


खोटाङ । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।खोटाङको खोटेहाङ ५ चिप्रिङका ३१ बर्षीय कल्याण राई कोरियाको खङजुस्थित अपार्टमेन्टमा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् ।

बैशाख २९ गते घर फर्कन लागेका राई बिहीबार मृत फेला परेको आफन्तले बताएको खबर आजको नागरिकमा छ ।

पाँच बर्षअघि रोजगारीका लागि कोरिया पुगेका राइको मृत्युको कारण खुल्न सकेको छैन । शव नेपाल ल्याउने पहल भइरहेको छ ।

LIVE TV