१५ बैशाख २०७४, शुक्रबार

काठमाडौं । कामको खोजीमा भारत जाँनेहरुले घर फर्कदा एचआइभीको जिवाणु परिवारमा सार्दै जाँदा बाजुरामा विकराल स्वास्थ्य संकट आइपरेको छ । बेरोजगारीका कारण भारतमा गएर सुरक्षा लगायत काममा गएका पुरुषले एड्सका जिवाणु लिएर फर्कदा उनीहरु मात्र नभई उनीहरुको परिवारमा समेत ठूलो स्वास्थ्य समस्या सिर्जना गरेको छ ।

बाजुरामा एक सय तीन जना एचआईभी संक्रमित रहेका छन् । जस मध्ये ४१ जनाले एआरटी सेवन गरिरहेका छन् भने एचआइभी संक्रमण पछि २७ जनाको मृत्यू भैसकेको छ । जिल्लाका कुल्देवमाडौं गाबिसको टाटे स्वास्थ्य चौकी र जिल्ला सदरमुकाम मार्तडीको जिल्ला स्वास्थ्य कार्यालय गरी दुईवटा भिसिटी केन्द्र रहेका छन् ।
उनीहरुका लागि औषधि उपलब्ध गर्ने गरी सदरमुकाम मार्तडीमा एआरटी सेन्टर स्थापना गरिएको छ । अहिले सम्म ग्लोबल फन्ड एचआईभी कार्यक्रमले सहयोग गरिरहेको छ । जिल्लाको पूर्वाेत्तरी क्षेत्रका ११ गाविसलाई लक्षित गर्दै एकवटा भिसीटी केन्द्र थप्न माग गरेको छ ।
उक्त ठाँउमा भिसीटी केन्द्र नहुँदा संक्रमितले सेवा लिन पाएका छैनन भने उनीहरुले सिटी काउँन्ट गर्न धनगढी धाउनुपर्ने बाध्यता पनि पीडाकै रुपमा रहेको छ । संक्रमितहरुमाथि अझै पनि लाल्छना र भेदभाव गर्ने गरेको संक्रमितको गुनासो छ ।
एचआइभी संक्रमितहरुका बालबालिका बिद्यालय पढाउँन र दैनिक हातमुख जोड्न समस्या भएको छ । आय आर्जनको बाटो सरकारले बनाई दिनुपर्ने संक्रमितहरुको माग छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराले एचआइभी संक्रमितका लागि स्वास्थ्य क्षेत्रबाट दिने सेवाका लागि सदैब तयार रहेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरको भनाई छ ।
बाजुरामा एचआइभी संक्रमितहरुलाई कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले तालिम लिने र चेतनामुलक कार्यक्रम मात्र गरिरहेको छ । सिटीफोर काउँन्ट र एआरटी औषधि लिन जाने खर्चसम्म पनि नहुँदा संक्रमितहरुमाथि भने समस्या थपिदो छ ।

 

LIVE TV