१५ बैशाख २०७४, शुक्रबार

काठमाडौं । असारे चटारो छ अहिले छपाई र सिलाईसम्बन्धि काम गर्ने व्यवसायीहरुलाई । स्थानीय तहको निर्वाचनले जुराएको यो अवसरको उपयोग गर्न उनीहरु रातोदिन खटिरहेका छन् । बिभिन्न दलको पोष्टर , पम्प्लेट , नेताहरुको परिचयको विवरण छाप्नदेखि लिएर दलका झण्डा सिलाउन तथा दलहरुको चुनाव चिन्ह अंकित टिर्सट बनाउन उनीहरुलाई भ्याईनभ्याई छ । लाग्छ एक जुगमा एक दिन एक पटक आउछ भने झै भएको छ यतिखेर उनीहरुलाई ।

मुलुक स्थानीय तहको निर्वाचनका कारण चुनावमय बनिरहेको छ । जनतालाई अाँँफुतिर आकर्षित गर्न दलहरु घोषणा पत्र सार्वजनिक गर्न सक्रिय छन् । दलहरु मात्र नभएर यतिबेला काठमाडौँका मुख्य गल्ली र पसलहरुमा समेत निर्वाचनको सरगर्मी प्रष्ट देख्न सकिन्छ । छपाई कारखानालाई समेत राजनीतिक दलहरुको झण्डा छापेर विक्री गर्न भ्याईनभ्याई छ ।

राजनीतिक दलको चिन्ह अंकित कपडाका यि झण्डाहरुले वास्तवमा निर्वाचनको सुगन्ध फैल्याउन सहयोग नै पु¥याएको छ । दृश्यमा देखिरहेका यि झण्डाहरु नेपालमा रहेका विभिन्न राजनीतिक दलका हुन् ।

जुन आसन्न स्थानीय तहको निर्वाचनमा विक्रीका लागि राखिएको छ । यो हो काठमाडौको बागबजारमा रहेको छपाई सम्बन्धि काम गर्ने पसल । जहाँ हरेक किसिमका प्रिन्ट सम्बन्धि काम गरिन्छ । तर अहिले उनिहरुलाई कसैसँग बोल्ने फुर्सद पनि छैन । निर्वाचनकै लागि भनेर राजनीतिक दलहरुले झण्डा छाप्ने काम सुम्पिएका छन्, छपाई कारखानाहरुलाई ।

एकै ठाउँमा छपाई हुने तर फरक फरक दृष्टिकोण भएका यि दलीय झण्डाहरुले फरक जात, फरक भाषा र फरक भुगोलमा रहिरहेका नेपालीहरुको फरक दृष्टिकोणलाई एक भएर अघि बढ्नुपर्ने सन्देश प्रवाह गरिरहेका छन् । तर, यो भन्दा पनि यहाँ झण्डाको व्यापार मौलाएको छ ।

यी काठमाडौंको चोक र गल्लीहरुमा देखिएको चटारोले वास्तवमा समग्र देशको प्रतिनिधित्व गरेको छ नै । अहिले काठमाडौंमा मात्र नभई छपाई व्यवसायीदेखि लिएर सिलाईका काम गर्नेहरु सबैलाई देशभर नै यस्तै चटारो छ ।

२० बर्षपछि स्थानीय तहको निर्वाचनले जुराएको यो मौकामा चौका हान्न व्यवसायी व्यस्त बन्दा दलहरुले भने पहाड र मधेसको विवादमा अल्मलिनु दुःखद पक्ष बनेको छ ।

 

LIVE TV