१५ बैशाख २०७४, शुक्रबार
  • दानबहादुर बुढा,

मुगु । मुगुमा स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल बनेको छ । उम्मेदवारीको संयुक्त घोषणासंगै मुगुको सबै तहमा दुई राजनीतिक दल वीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

तालमेलका लागि भएको सहमति अनुरुप छाँयानाथ रारा नगरपालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदमा हरिजंग शाही र उप प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरबहादुर बुढाको नाम घोषणा भएको छ । त्यस्तै कार्मारोङ्घ गाउँ पालिकाका लागि नेपाली काँग्रेसबाट छिरिङ्घ क्याप्ने लामा प्रमुख र माओवादी केन्द्रबाट उप प्रमुख ईटोल लामालाई चुनावी प्रतिष्पर्धामा उतार्ने भएको छ ।
सोरु गाउँ पालिकामा प्रमुख पदमा काँग्रेसले लोगबहादुर शाहीको नाम घोषणा गरेको र माओवादी केन्द्रबाट उम्मेदवारको नाम आउन बाँकी रहेको जनाईएको छ । त्यस्तै खत्याड गाउँ पालिकामा भने दुवै दलले प्रमुखका उम्मेदवार घोषणा गरि सकेका छन ।
तर उप प्रमुखमा भने दुबै दलले उम्मेदवार कसलाई बनाउने भन्ने तय गर्न सकेका छैनन । खत्याडमा काँग्रेसका तर्फबाट लोकेन्द्र थापा र माओवादी केन्द्रका तर्फबाट विर्खबहादुर थापाको नाम यस अघि नै टुंगो लागेकाले थप उम्मेदवारका नाम टुंगो लगाई चुनावी सहकार्य अघि बढाउन तीन गाउँपालिका र एक नगरपालिका दुवै दलका जिम्मेवार नेतालाई जिम्मा दिईएको छ ।
चुनाबमा जित्नका लागि नभई जिल्लाको हरेक विकासका लागि सहकार्य गर्न चुनावी तालमेल गरिएको नेपाली काँग्रेसका मुगु सभापति खड्का बहादुर शाहीले बताउनुभयो ।
दुई दल तालमेलले चुनाव जित्नकै लागि नभई समग्र मुगुको विकास सम्बृद्धिका लागि सहकार्य भएको नेकपा माओवादी केन्द्रमा उम्मेदवार सुरबहादुर बुढाले बताए ।
यता नेकपा एमालेले भने यस अघि नै सबै तहको निर्वाचनका लागि एकल रुपमा उम्मेदवारी घोषणा गरि सकेको छ भने चुनावी सहकार्य नगर्ने बताएको छ ।

 

LIVE TV