१५ बैशाख २०७४, शुक्रबार

झापा । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार एकसय किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झापाको बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय मनोज गोयल र झापा गाउँपालिका २ बस्ने २७ वर्षीय पुण्यप्रसाद अधिकारी रहेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौवाट भद्रपुर तर्फ उडेको यू ४–९५४ नम्बरको बुद्ध एयरको जहाजमा चाँदी आउदै गरेको गोप्य सुचनाको आधारमा अंचल प्रहरी कार्यालय मेची र विमान सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चाँदीसहित नियन्त्रणमा लिएको थियो ।

सामान लिई जान लागेका उनीहरुमाथि शंका लागि चेकजाच गर्दा सिलबन्दी गरेको २० किलोका दरले पाँच पोकामा रहेको एकसय किलो चाँदी बरामद गरिएको अञ्चल प्रहरी कार्यालय मेचीका एसएसपी पिताम्बर अधिकारी बताए ।

पक्राउ परेका व्यक्तिले काठमाडांैबाट महेन्द्र गोयलले पठाएको बयान दिएको एसएसपी अधिकारीको भनाई छ । घटनापछि बरामद गरिएको चाँदीलाई परीक्षणको लागि नेपाल सुनचांदी व्यवसायी संघ विर्तामोडमा प्रमाणित गराई सोही दिनको बजार मूल्य अनुसार ६७ लाख ७२ हजार ९ सय रुपैयाँ रहेको छ ।
यता पक्राउ परेका दुवैलाई चादीसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ ।

LIVE TV