१५ बैशाख २०७४, शुक्रबार
  • सुवास लामिछाने,

बाग्लुङ । सरकारले लागू गरेको सामाजिक स्वास्थ्य सुरक्षा वीमा बाग्लुङमा प्रभावकारी बन्दै गएको छ । बागलुङमा २०७३ असार १५ देखि दर्ता गरी भदौ १ देखि सेवा सुरु गरिएको वीमा कार्यक्रममा २ हजार ७१ परिवार समावेश भएका छन् ।

वीमामार्फत बाग्लुङका विमित सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिएको सामाजिक स्वास्थ्य वीमा समिति बाग्लुङका संयोजक जीवलाल खरेलले बताए ।
विमितहरुले झण्डै ४ सय ८० प्रकारका औषधीहरु निशुल्क रुपमा प्राप्त गर्ने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. सागर राजभण्डारीले बताए ।
सामाजिक स्वास्थ्य सुरक्षा वीमा कार्यक्रम लागू भएपछि आम सर्वसाधारणले यसबारे नबुझे पनि अहिले फोन गरेरै वीमा गर्न बोलाउने गरेको दर्ता सहयोगी पुष्पा श्रेष्ठले बताए ।
वीमामा समावेश हुन पाँच जना परिवारको २ हजार ५ सय रुपैया र थप परिवार संख्याको लागि ४ सय २५ लाग्ने प्रावधान छ भने प्रति परिवारले ५० हजार बढीको स्वास्थ्य सेवा निशुल्करुपमा पाउनेछन् ।

 

LIVE TV