१५ बैशाख २०७४, शुक्रबार

काठमाडौं । यस बर्षको विश्व बाल नायक पुरस्कार गिनिया विस्साउका म्यानुअल राड्रिग्सले प्राप्त गरेका छन् । बाल अधिकारको क्षेत्रमा उदाहरणीय र साहसिक कार्य गरेबापत उनलाई पुरस्कार प्रदान गरिएको हो ।

विश्वब्यापी रुपमै एकैसाथ सार्वजनिक गर्ने नीति अनुरुप माईती नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि विजेता घोषणा गरेको हो । कार्यक्रममा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले विश्व बाल अधिकार पुरस्कारले नोबेल पुरस्कार जत्तिकै महत्व बोकेको बताए ।
कार्यक्रममा विश्व बाल पुरस्कारका बाल राजदूतहरुले बालबालिकाको सर्वपक्षिय हक अधिकार सुनिश्चित हुनुपर्नेए विचार ब्यक्त गरेका थिए ।
विश्व बाल नायक पुरस्कारका लागि विश्वभरका बालबालिकाहरुले मतदान गरेका थिए । विजेताका लागि नेपालका विभिन्न विद्यालयहरुमा मतदान भएको थियो । पुरस्कारका लागि विश्वका विभिन्न देशहरुबाट ३ जना प्रतिस्पर्धीहरु रहेका थिए । माईती नेपालले सन् २००२ मा विश्व बाल अधिकधार पुरस्कार प्राप्त गरेको थियो ।

 

LIVE TV