
धादिङ । स्थानीय तथा विभिन्न संघसस्थाको सहयोगमा धादिङको साविकको नौविसे गाविस वडा नं १को कालिदेवी आधारभूत विद्यालयको २ तले भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
दुइवर्ष अघि भूकम्पले भत्किएको भवन स्थानीय तथा विभिन्न संघ सस्थाकोे सहयोगमा निर्माण भएको हो । नेप्लिज कम्युनिटी अक्सफोर्डसायर (युके) र औफ्बाउ हिल्फ नेपाल जर्मन तथा स्थानीयको श्रमदान र सहयोगमा भवन निर्माण गरिएको हो ।
६ लाख ४३ हजारको लागतमा बनेको उक्त भवन नेप्लिज कम्युनिटी अक्सफोर्डसायर (युके) र औफ्बाउ हिल्फ नेपाल जर्मनले ५ लाख तथा स्थानीयले १ लाख ५८ हजार श्रमदान गरेका थिए । हाल धुनिबेसी नगरपालिकामा पर्ने विद्यालयमा भवन बनेसंगै विद्यार्थीहरुले नयाँ भवन तथा भूकम्प प्रतिरोधी भवनमा पढ्न पाउँदा खुसी भएका छन् ।