१५ बैशाख २०७४, शुक्रबार

काठमाडौं । नेपालमा पहिलो बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । ३ दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा सेयरबजार र बैंकबारे विभिन्न जानकारी पाइने आयोजकले जनाएको छ ।

मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रममा विभिन्न बैंकवित्त कम्पनीहरुले सूचनामूलक स्टल संचालनमा ल्याएको छ ।
एक्स्पो विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । शेयर बजारबारे जान्न चाहने र सेयरमा लगानी गर्न चाहनेका लागि कार्यक्रम थप उपयोगी हुने आयोजकको दावी छ ।
साथै युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, नेपाल राष्ट्र बैंकलेसमेत सूचनामूलक स्टलहरु राअ‍ेको छ । बैंक तथा सेयरबजार सम्बन्धी जानकारी सकिने भएकोले अवलोकताको उल्लेख्य सहभागिता रहेने आयोजकले जनाएको छ ।

 

LIVE TV