१५ बैशाख २०७४, शुक्रबार

काडमाडौं । ८१ वर्षीय पाका कवि निर्मल कुमार रिमालको बृहत हाइकु बिमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा रिमालको बृहत हाइकु संकलन बिमोचन भएको हो ।

बिमोचन गरिएको हाइकु संकलनमा रिमालले ६५०० वटा हाइकु संकलन गरेका छन्, भने यो अहिले सम्मकै ठुलो हाइकु संकलन हुन सक्ने अनुमान गरिएको छ  ।रिमालको हाइकु संकलन बिमोचनमा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधे श्याम लेकालीले सभापतित्व ग्रहण  गर्नु भएको थियो । कार्यक्रममा अनेसास  नेपाल  च्याप्टरकी महा सचिब सन्ध्या पहाडीले स्वागत मन्तव्य राख्नु भएको थियो  ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको  कार्यक्रममा  अनेसासका केन्द्रिय सल्लाहकार प्राध्यापक डा.खगेन्दं्र प्रसाद लुइँटेल,अनेसासका केन्द्रिय उपाध्यक्ष  प्रकाश पौडेल माइला, प्राज्ञ डा. अमर गिरि लगाएतका अन्य बिशेष व्यक्तिहरुको बाक्लै  उपस्थित रहेको थियो  । सोही कार्यक्रमको अवसरमा अनेसासको सदस्यहरु  ऋषिराम बराल र  डिल्ली प्रसाद पौडेललाइ प्रमुख अतिथिले अनेसास आजिबन सदस्यताको प्रमाण पत्र वितरण गर्नु भएको थियो  ।

LIVE TV