१५ बैशाख २०७४, शुक्रबार

आइतबार जन्मिएको मानिस :

– आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
– तपाईहरु अन्तरमुखि हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
निकै संवेदनशील हुने भएका कारण तपाईहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहनुहुन्छ ।
– तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
 तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईको चाँडै रिसाउने बानीले तपाईले सहयोग गर्ने व्यक्तिहरु तपाईसँग रिसाउने गर्दछन् ।
– तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
 तपाई कुनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
 तपाई सौन्दर्यलाई मनपराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
तपाईको रुपरंगमा तपाईले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
तपाई आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईलाई छोड्न चाहन्नन् । (एजेन्सी)

सोमबार जन्मिएको मानिस :

 सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
– तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
– तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
– तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
– तपाई पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
– सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
 तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईलाई तनाव दिने गर्दछ ।

मंगलबार जन्मिएको मानिस :

 मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
– यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
– यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
– मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
 उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
– यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
 यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
– यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
 यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
 उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
बुधबार जन्मिएको मानिस :

 बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
 तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
– तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
– तपाईलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
– तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
– तपाईहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
 सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईहरुले निकै सफलता हात पार्नु हुन्छ ।
– तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
 तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईलाई प्रभावित तुल्याउन सक्दैनन् ।
– तपाईहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
 तपाईको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाई आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
– तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् । (एजेन्सी)

बिहिबार जन्मिएको मानिस :

 बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
 तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
 तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
– तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
– तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
 स्वतन्त्रता तपाईलाई मनपर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
 तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईले भोग्न पर्छ ।
 तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
– तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
 बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
 स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार जन्मिएको मानिस :

– शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
 तपाईहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
 तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
 तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
 तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
– यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
– तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
– तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
 तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
 तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
 तपाईसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
तपाईले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिबार जन्मिएको मानिस :

– शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
 तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
 तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईले लगाउने लुगादेखि जुत्तासम्मले तपाईको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
 तपाई हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईको आलोचना पनि हुने गर्दछ ।
 तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
तपाई पैसावाला हुनुहुन्छ तर तपाई छिट्टै पैसा खर्च गर्नुहुन्न ।
 तपाईलाई संगीत र खेलमा रुची हुन्छ ।
– तपाईलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
तपाई जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
 तपाई कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
– तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

LIVE TV