१५ बैशाख २०७४, शुक्रबार

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा तयार पारेको छ । आज पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिनेछ ।

आजको बैठकमा घोषणापत्रको अन्तिम मस्यौदा र महानगरहरुका उम्मेदवार चयनका विषयमा छलफल हुने सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने सरकारको निर्णयका सम्बन्धमा पनि छलफल हुने छ । अधिकांश प्रदेशका स्थानीय तहमा उम्मेदवार सिफारिस र तय भइसकेको एमालेले जनाएको छ ।

LIVE TV