१४ बैशाख २०७४, बिहीबार

काठमाण्डौ । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०।०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०।१६ प्रतिशतले घटेको छ ।

कुल १४३ कम्पनीको १४ लाख ५१ हजार ५२० कित्ता सेयर रु एक अर्ब १० करोड ४३ लाख दुई हजार २१८ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

स्टककाअनुसार बैंकिङ र अन्य समूह ओरालो लागेको छ भने अरु समूहको सेयर सामान्य रुपमा बढेको छ । बैंकिङ समूह ०।३८ र अन्य समूह ०।७२ प्रतिशतले घटेको छ । यस्तै होटल ३।०६, विकास बैंक ०।३१, जलविद्युत् ०।७४, फाइनान्स ०।८१, बिमा ०।७८ प्रतिशतले बढेको छ ।

LIVE TV