
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले डीआइजी नवराज सिलवाललाई पक्राउ गर्न खोजेर सरकारले नेपाल प्रहरीमाथि आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।
बिहीबार स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।
आइजीपी नियुक्ति विवादको विषयमा बोल्दै ओलीले सिलवाललाई पक्राउ गर्न खोज्नु सरकारको तमासाको विषय मात्र भएको बताएका छन् ।
‘डीआइजी नवराज सिलवाललेले सार्वजनिक रुपमा आएको गृहसचिवसहितको हस्ताक्षरको कार्यसम्पादन मूल्याङ्कनको कागजलाई अदालतमा पेस गर्दा उनलाई किर्तेको आरोपमा गिरफ्तार गर्न खोज्नु सरकारको तमासाको विषय हो’, ओलीले भने ।
उनले प्रहरी डीआइजीलाई नै सरकारले पक्राउ गर्न खोजेको अवस्थामा जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने प्रश्न उठेको बताए ।