१४ बैशाख २०७४, बिहीबार

काठमाडौं । सरकारले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएपछि पुनः असहमति जनाएका संघीय गठबन्धनसँग छलफल गरेको छ । सरकारले संविधान संशोधन पारित गर्ने विषय र संघीय गठवन्धनलाई सहमतिमै रहनका लागि भन्दै छलफल गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुटारमा बसेको संघीय गठबन्धनसँगको बैठकमा प्रधानमन्त्री दाहालले संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गरेका थिए ।

बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय समेत गरेको छ । त्यसैगरि बैठकमा जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिकाको संख्या बृद्धि गर्न प्रतिपक्ष दलसँग समेत छलफल गर्ने निर्णय गरेको संघीय गठबन्धनका नेता राजेन्द्र महतोले बताए ।

बैठकमा सरकारले संविधान संशोधन विधेयकलाई फास्ट ट्रयाकमा नै पारित गरिने भएकाले मोर्चालाई सकरात्मक ढंगले अघि बढ्न आग्रह गरेका थिए ।

LIVE TV