१४ बैशाख २०७४, बिहीबार

रत्ननगर,चितवन। चितवनमा प्रहरीले १० दिनको अन्तरालमा विभिन्न क्षेत्रबाट कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा वैशाख ४ गतेदेखि आजसम्म कच्चा पदार्थसहित २३ हजार ५५० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घरेलु मदिरा उत्पादन गर्ने भट्टीमै पुगेर नियन्त्रण अभियान चलाइदा आजसम्म घरेलु मदिरा बनाउने कच्चा पदार्थ १८ हजार ४६० लिटर र तयारी मदिरा पाँच हजार ९० लिटर नष्ट गरिएको छ ।

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै आपाराधिक क्रियाकलापलाई निरुत्साहित गर्न जिल्लामा प्रहरीले १० वटा युनिट परिचालन गरेर चलाइएको अभियानमा मदिरा बनाउन प्रयोग हुने २३३ थान भाँडासमेत बरामद गरेको र केही क्षेत्रका मदिरा बनाउने भट्टीसमेत भत्काइएको प्रहरीले जनाएको छ ।

LIVE TV