१४ बैशाख २०७४, बिहीबार

सुजिन श्रेष्ठ अर्थात सेकेण्ड डन ,क्युकुसिन कराते तर्फका एक जना राष्ट्रिय स्तरको खेलाडी हुन् । २०५३ सालमा भएको दोस्रो राष्ट्रिय फूल कन्ट्याक्ट च्याम्पिएनमा दुवै पटक प्रथम भएका श्रेष्ठ दिपेन्द्र बिरर्बिक्रम शाहको ३० औं जन्मोत्सवको अबसरमा भएको राष्ट्रिय खेलमा पनि प्रथम भएका थिए । त्यस्तै गरि २०५५ सालमा भएको दोश्रो राष्ट्रिय फूल कन्ट्याक्टमा पनि प्रथम भएका थिए ।

२०५३ सालमा ६४ जना सहभागी भएको कराते खेलमा सुरुदेखि अन्तिम सम्म ६४ जनालाइ नै नकाउट गर्न सफल भएका सुजिंनको यो प्रतिस्पर्धा सम्बभत: अहिलेसम्मकै राष्ट्रिय कृतिमान रहेको छ ।अहिले पनि नेपालका खेलाडीलाई खेलमा लागि रहन त्यति उपयुक्त बाताबरण नभएको श्रेष्ठ बताउछन् ।

खेलखुद क्षत्रको बिकासको लागि सरकारी तह बात कुनै पनि नियुक्ति दिदा खेलखुद क्षेत्र बुझेको खेलाडीको पृष्ठभुमि भएको व्यक्ति नियुक्ति गर्दा उचित हुने उनी बताउछन् । सरकारले नेपालि खेलखुद क्षेत्रला मनग्य बजेटको बिनियोजन गरि यो क्षेत्रलाइ नामुना क्षेत्र बनाउन लागि पर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

बल छहुन्जेल खेलियो बल पनि सकियो खेल्न पनि छाडियो, तर राज्यले हामी जस्ता खेलाडीलाई खासै चासो दिएको छैन भन्दै श्रेष्ठले राज्यले पूर्व राष्ट्रिय खेलाडीलाइ हेर्ने नजरमा आफ्नो तिक्तता व्यक्त गरे ।
पटक पटक राष्ट्रिय किर्तिमान राखेका श्रेष्ठ विभिन्न राष्ट्रिय तथा डोजो हरुले गरेका खेलमा रेफ्रीको भूमिका पनि निभाई सकेका छन् । खेल क्षेत्रमा लागेर आर्थिक आर्जन भन्दा पनि सामाजले दिने सम्मानले मन खुशी भएको श्रेष्ठ बताउछन् ।

LIVE TV