१४ बैशाख २०७४, बिहीबार

एजेन्सी । आजभोलि एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् ।

हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औला खेलाउँदा र नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित छन् ।

यही सेल्फी कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भनिन थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न थालेको छ ।

धेरै सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् ।

अमेरिकास्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन मेट्जलका अनुसार अत्यधिक सेल्फी लिदाँ यस्तो समस्या हुने गरेको छ ।

बारम्बार सन्देश टाइप गर्दा र मोबाईबाट तस्बिर खिच्दा यो समस्या उत्पन्न हुन्छ । ‘प्रविधि र मानिसको बेजोड संगमले शारीरिक पीडा बढेको छ,’ उनी भन्छन् ।

समस्याबारे उनी अगाडि भन्छन, —‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने उनको सुझाब छ ।
माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिने उनी बताउँछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको उनी बताउँछन् ।

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बढाएको उनको भनाई छ ।
‘पछिल्ला समयमा हामीले किशोर किशोरीमा कार्पल टनेल सिन्ड्रोम (हात वा औलामा नसाको कम्प्रेसनका कारण हुने समस्या)बाट पीडित भएको पाएका छौ ।

LIVE TV