१३ बैशाख २०७४, बुधबार

काठमाडौं । वैशाख ७ गते मधेसवादी ६ दलबीच पार्टी एकता भएको एकसाता नबित्दै राष्ट्रिय जनता पार्टीले नाम परिवर्तन गरेको छ ।

निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’ यसअघि नै दर्ता भइसकेको पाइएपछि उनीहरुले उक्त पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी, नेपाल हुने भएको छ ।

संसदमा रहेका छ दलबीच एकीकरण गरी राष्ट्रिय जनता पार्टी, नेपाल बनाएको र त्यसको चुनाव चिन्ह छाता रहेको आयोगलाई जानकारी दिँदै उनीहरुले त्यसको अधिकारिकता माग गरेका छन् ।

मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना बढेको छ । यससँगै राजपा नेपाल बैशाख ३१ मा हुने पहिलो चरणमा सहभागी हुने सम्भावना टर्दै गएको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि आफूहरु पहिलो चरणको चुनावमा सहभागी हुने सम्भावना नरहेको बताए । उनले भने, दल दर्ता नै भएको छैन, कसरी सहभागिता होला र पहिलो चरणको चुनावमा ।’

LIVE TV