१३ बैशाख २०७४, बुधबार

वीरगन्ज । वीरगन्ज उपमहानगरपालिका–२१ पटेलनगरमा आज दिउँसो आगलागी हुँदा करिब रु ४५ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट २२ वटा घर, अन्नपात, लत्ता कपडा, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

करिब तीन घन्टापछि मात्र आगो नियन्त्रणमा लिइएको थियो । वीरगन्ज, कलैया, नेपाल आयल निगम, चन्द्रनिगाहापुरबाट आएको वारुणयन्त्र, स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासबाट आगो नियन्त्रणमा लिइएको हो ।

यसैबीच, अग्निपीडितलाई दैवी प्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाइटी पर्साले चामल, चार हजार थान बाल्टिन, भाँडाकुँडा, त्रिपाल वितरण गरेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

LIVE TV