१३ बैशाख २०७४, बुधबार
  • सन्दीप / माधव

काठमाडौं । विभिन्न महिला अधिकारकर्मी संघ सस्था तथा शैक्षिक संस्थाहरुले आमाको सम्मानमा बिभिन्न कार्यक्रमको आयोजना गरेका छन । समाजमा आमा प्रतिको सम्मानमा कमी आएको भन्दै समाजमा सस्कारयुक्त शिक्षा र सभ्य समाजको निर्माण आवश्यक भएको बिषयमा सरोकारवालाहरुले जोड दिएका छन ।

बुधवार कपन क्षेत्रका स्थानीयवासी तथा शैक्षिक सस्थाहरुले जुगल इङलिस स्कुलमा आमा प्रतिको सद्भाव र आदर बढाउने उद्देश्यले आमा महोत्सव कार्यक्रमका आयोजना गरेको छ ।

आमाप्रतिको सद्भाव र आस्थामा कमी आएको भन्दै महिला अधिकारकर्मी तथा शिक्षासेवीहरुले सभ्य समाज निर्माण गर्न जोड दिएको छन् । कार्यक्रममा आमा घरकी संस्थापक दिलशोभा श्रेष्ठले समाजका आमाप्रति देखावटी मायाभन्दा पनि सद्भाव र आस्थामा कमी भएको उल्लेख गर्दै आमाप्रतिको सदभाव आदर बढाउने खालको शिक्षा प्रणालीको विकास हुनु पर्ने बताइन् ।

समाजमा आमाप्रतिको सद्भावमा कमी आएको र आमाका महत्व र मर्यादा कम हुँदै गएकोले आमा महोत्सव कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

कार्यक्रममा आमा घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, समाजसेवाको तर्फबाट कृष्ण प्रसाई र न्यूज ट्वान्टीफोर टेलिभिजनका पत्रकार नवराज चालिसेलाई पत्रकारिता क्षेत्रबाट सम्मान गरिएको थियो ।

LIVE TV