१३ बैशाख २०७४, बुधबार

काठमाडौं । निर्माणधिन चलचित्र ‘मान्छे’ को एक गीतको भिडियो सार्वजनिक गरिएको छ । कलाकार अजय अधिकारी ‘सुशिल’ले आमा गीत सार्वजनिक गरेका छन् ।

‘आमाको मुख हेर्ने’ दिनको अवसरमा पारेर कलाकार अधिकारीले गीत सार्वजनिक गरेका हुन् । गीतमा लय, शब्द, स्वर कलाकार अजयकै रहेको छ ।

गीतमा आफू सानो छँदा आमाको दुःख नबुझेको, तर अहिले बुझ्दा आमा आफूसँग नभएको प्रष्ट्याउन खोजिएको छ ।गीतको पिक्चराइज समेत गरिएको छ ।

यो गीतको भिडियोमा चलचित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । भिडियो अत्यन्तै राम्रो बनेको छ ।

LIVE TV