१३ बैशाख २०७४, बुधबार

काठमाडौं । आर्कषक रोजगारीका लागि जापान लैजाने आश्वासनमा लाखौँ ठगेको आरोप लागेका डा. क्रिस त्रिपाठी उर्फ गोविन्द प्रसाद तिवारीले ठगेको भनिएका व्यक्तिहरु अझैँ हाम्रो कार्यालयमा आईरहेका छन् ।

गोरखा, बर्दीया, झापालगायतका जिल्लाबाट ठगीएकाहरु पीडितहरु हाम्रो कार्यालयमा आएका हुन् ।

अमृत ढकालपछि सबैभन्दा बढी ठगिएकी सुमी राई हुन् । झापामा व्यापार व्यावसाय गरिरहेकै बेला परिवारलाई नै जापान पु¥याउने भन्दै उनीसँगबाट पटक–पटक गरी २५ लाख रुपैयाँबाट ठगिएकी छन् ।

अहिले उनको घरपरिवारमा समेत यहीकारण तनाव सिर्जना भैरहेको छ । उनलाई अहिले छोराछोरीको खर्च धान्न समेत मुस्किल भएको छ ।

डा क्रिपाठी उफ गोविन्द प्रसाद तिवारीले मान्छेहरुलाई अहिले पनि जापान लैजाने आश्वासनमा ठग्ने क्रम रोकिएको छैन । उनले बर्दाघाटकी तेजीना क्षेत्रीसँग उनलाई र उनका दाजुलाई जापान लगिदिने भन्दै १५ दिनअघि मात्रै नेपाल आएर ४ लाख रुपैयाँ लिएका छन् । र आज विहानसम्म पनि उनी बारम्बार म्यासेज गरिरहेका छन् ।

यस्तै जगत बहादुर श्रेष्ठ र रामु जोशीलाई पनि कुक भिषामा जापान लैजाने भन्दै करीब ४÷४ लाख ठगेका छन् ।

दैनिक उनीबाट ठगीएकाहरु हाम्रो सम्पर्कमा आउने क्रम बढेको छ । तिवारी हामीसँग फोनमा बारम्बार कुरा गरिहरेका छन् ।

LIVE TV